सेतो गुराँसका संस्थापक थापा सम्मानित

प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री कृष्ण बहादुर महराज्यूको प्रमुख आतिथ्यतामा प्रारम्भिक बालविकासको क्षेत्रमा श्री अगाथा पाख्रिन थापाले पु¥याउनु भएको योगदान एवम् सेवाको कदर गर्दै अभिनन्दन तथा सम्मान–पत्रबाट आज मिति २०७५।१०।०५ सम्मानित हुनुभएको छ ।

निज सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका संस्थापक थापाले प्रारम्भिक अवस्थाका बालबालिकाको सर्वाङ्गीण विकासको अधिकार तथा अवधारणाबारे एउटा सृजनशील सोच लिई वि.सं. २०३६ साल देखि हाल सम्मको अथक प्रयास, सयंमता, प्रतिवद्धता र निरन्तर योगदानको परिणाम स्वरुप प्रारम्भिक बालविकासको क्षेत्रमा अतुलनीय परिवर्तन र उपलब्धि हासिल गर्नमा सेवारत रहनु भएको छ ।

यसै सन्दर्भमा सन् १९९७ देखि मानवीय संसाधन विकास गर्ने क्रममा नेपालका ५९ जिल्लाहरुबाट महिलाहरुलाई सहशक्तिकरण गर्ने उद्देश्यले समुदाय तहबाट नै प्रारम्भिक बालविकासको प्राविधिक सहयोग पु¥याउन २५३ जना स्रोत व्यक्तिहरुलाई प्रशिक्षित गरि स्थानीय तह देखि केन्द्रिय तह सम्म प्रारम्भिक बालविकासको पँहुच पु¥याउन समन्वयात्मक भुमिका रहेको छ । यसका साथै नेपालको संविधान २०७२ मा प्रारम्भिक बालविकासलाई नेपालको संविधानमा मौलिक हकको रुपमा स्थापित गराउनमा वहाँको समन्वयकारी भुमिका अहम रहेको छ ।

कार्यक्रममा प्रारम्भिक बालविकासका अभिन्यता थापालाई बधाई दिदै सभामुख महराले सेतो गुराँसले गर्दै आएको कार्य तथा अभियानलाई संघिय सरकार सहयोग पु¥याउने प्रतिवद्दता दिनु भएको छ । यस कार्यक्रममा थापालाई प्रारम्भिक बालविकासमा गरेको योगदानलाई कदर गर्दै विश्वको नेतृत्व लिएको बालबालिका तथा युवाहरुको लागि कार्यरत Zurich, Switzerland स्थित अन्तर्राष्ट्रिय संस्था Jacobs Foundation ले सन् २०१८ नोभेम्बर ३०मा “2018 Klaus J. Jacobs Award” बाट वहाँलाई सम्मानित गरेको जानकारी र सो अवार्डको प्राप्त रकमबाट ७ वटा प्रदेशमा प्रारम्भिक बालविकास नमुना केन्द्र संचालन गर्ने जानकारी गराईएको थियो ।